I can’t do much since I lost my sight. I can eat and I can talk! That’s okay for me; I’m happy enough. Why worry about things that have already happened? - Tulsi Maya Ghale

गोर्खा र तिरौलेस सैनिकहरुको रगतको बोझ बेलायत र फ्रान्स लाई

Spread the love

काठमाडौँ – समबैधानिकराजतन्त्र भएको मुलुक बेलायतर गण्तन्त्रबादी मुलुक फ्रान्स युरोपको दरो अर्थतन्त्र भएकोबिकास शिल देशहरुहुन ।यिनिहरुको बिकास औपनिबेशिक काल देखी मजबुतहुँदै आएको पाइनछ ।सो कालखन्डमा यिनिहरुको साम्राज्य संसारको अधिकाङ्सदेशहरुमा फैलिएको थियो । यस्कोकारण यिनिहरुको मजबुद सैन्य गठ्बन्धनलाई लिन सकिन्छ । बेलायतको मुख्य सैन्य तागत नेपाली गोर्खासैनिकहरु थिए भने फ्रान्सकोमेरुदन्डको रुपमा अफृकी तिरौलेश सैनिकहरु थिए । यि अफृकी तिरौलिस सैनिकहरु पश्चिम ,उतर र मध्य अफृकी देशहरु बाट भर्ती भएकाहुन्; फ्रान्सेलिहरुले यिनिहरुलाई तिरौलिस उपनाम दिएर सम्बोधन गर्छन जस्को अर्थ “शार्प सुटर्” हो । भारत र बेलायति पल्टनमा नेपाली सैनिकहरुलाई “बहादुर गोर्खा” भनेको जस्तै फान्सेलीहरुले यिनिहरुलाई तिरौलेश भनेकाहुन । बेलायति सेनामा नेपाली गोर्खाहरुको भर्तिको सुरुवात सन १८१५ देखी र तिरौलेशहरु फ्रान्सेली सेनामा पहिलो बिस्वयुद्ध बाट सुरु भएको देखिन्छ । यिनिहरु दुवैको सैन्य छबी समबन्धित देशमा उच्च दर्जाको छ र यिनीहरुको सैन्य इतिहास पनि मिल्दाजुल्दाछन ।

भर्तिको प्रसँगमा, पहिलो-दोश्रो बिश्व युद्धमा तत्कालिन नेपाली शासकहरु चन्द्र सम्शेर र जुद्ध सम्शेरले गाउ-गाउमा उर्दी लगाएर १५-५० बर्ष सम्मका मानिस हरुलाई जसरि जबर्जस्ती भर्ती गराए त्यसरिनै तत्कालिन फ्रान्सेली सर्कारले आफ्नो अफृकी उपनिबेशहरु बाट अफृकी युबाहरुलाई भर्ती गराए । सेनेगलले मात्र आफ्नो पुरुष जनसनख्याको आधाजसो र अन्य अफृकी देशहरुले एक तिहाइ पुरुषहरु फ्रान्सेली सेनामा जबर्जस्ती भर्ती गराए । ब्यबाहारको प्रसँगमा जसरि बेलायती सेनामा गोर्खाहरुले आफ्नो समकक्षी सरह पाउनु पर्ने पाउदरहरु बाट बन्चित भएर शोषित, पीडित र उपेक्षित थिए अथवा छन त्यस्तै यिनिहरु लाई फ्रान्स्ले गर्ने गरेको दुरब्यबहार पनि ठ्याक्कै मिल्छ । नेपाली गोर्खा सैनिकहरुको बारेमा पाठ्कहरुलाई धेरै मात्रामा अबगत भईसकेकोले यो लेखमा बिशेसगरी यिनै अफृकी सैनिक हरुको बारेमा केहि कुरोहरु बताउने प्र्याश गरिएकोछ । यि तिरौलेशहरुको साथ लिएर फ्रान्सले आफ्नो साम्राज्य फैलाउने क्रम्मा अफृकी माहादेशका प्रायजसो देशहरु लगायत पश्चिम फ्रेन्च्-क्यानाडा, लुइजियाना, फ्रेन्च्-गाइना ,सेन्ट डोमेनिग्, ग्वाडेलोप्, डोमेनिका,सेन्ट लुसिया,टोबागो, नोभेले फ्रान्स आदी देशहरुमा आफ्नो आधिपत्य जमाउन सफल भएको थियो । पहिलो बिस्वयुद्धमा एक लाख तिस हजार यिनिहरुको सैनिक मारिए । दोश्रो बिस्वयुद्धको अन्ततिर यिनिहरुको सङ्ख्या मुल फ्रान्सेलिहरुको भन्दा आधाले बढी थियो । १९४३-१९४४ मा इटली सँग भएको युद्धमा ४० हजार भन्दा बढी तिरौलेशहरु मारिए । यसरि प्रथम बिस्वयुद्धमा हिन्दचिन देखि भाग लिदै आएर पछिल्लो समयमा १९५०-१९६० को दसकमा अल्जेरियाको स्वतन्त्रताको सँगराम सम्म लडेको यिनिहरुको इतिहास छ । फ्रान्सको स्वार्थको लागी निस्कलन्क एबम अनुशाशित सेवाको दौरानमा यिनिहरुले धेरै रगत बगाए, कस्ट भोगे तर फ्रान्स्ले यिनिहरुलाई फ्रान्सेली समकक्षी सरह समान ब्यबाहार गरेन ।यिनिहरुको चरम श्रम शोशण भएको साथै यिनिहरुको साधारण मानबिय मुल्यान्कन पनि नगरेको पाइन्छ । यिनिहरुले बिचबिचमा समान कामको समान ज्याला र सुबिधाको लागि धेरै पटक मागहरु गरे तर तीनिहरुको सम्बोधन कहिल्यै भएन । ज-जस्ले माग लिएर अघी बढ्थे उनिहरुलाई चरम यातना दिएर फर्काइन्थ्यो । यसै प्रसँगमा सन १९४४ मा ४०० जनाको एउटा टुकडिले सैनिक बिद्रोह गरे । ति बिद्रोहिको समान्ताको माग पुरा गरी दिनुको बद्ला तीनिहरु सबैलाई फ्रन्सेली अधिकारिहरुले गोली हानी हत्या गरी दिए । तीनिहरुको सामुहिक चिहानको अहिले सम्म कुनै पत्तो छैन ।

सन १९६० मा सबै अफृकि-फ्रेन्च औपनिबेसिक देशहरुले फ्रान्सबाट् स्वाधिन्ता पाए, यो राम्रो कुरो थियो तर ति भुतपूर्व सैनिकहरुको माग यथाबतनै रह्यो । पेन्सनकै सम्बन्धमा फ्रेन्च सैनिकले युरो ६९० पाउथे भने अफृकन समकक्षिले सिर्फ युरो ६१ मात्र पाउथे । ति पूर्व औपनिबेशिक सैनिकहरु लाई फ्रान्समा आबासिय अनुमती थियो तर उनिहरुलाई आफ्नो जन्मभुमिमा गएर फर्कने म्याद तीन महिना भन्दा बढी थिएन । फ्रानसले आफ्नो बृद्ध सैनिकहरु माथि गरेको नस्लबादी ब्यबहार पूर्व औपनिबेशिक अफृकी राष्ट्रहरुलाई असैह्य हुनु स्वभाबिक हो । आफ्नो नागरिक लाई अपमान गर्नु आफ्नो राष्ट्रको बेइजत भनेर बुझेका समबन्धित अफृकी राष्ट्रहरुले ति पीडित सैनिक हरुको मागमा एकताको साथमा फ्रान्स माथि दबाब डाल्न कुनै कसर बाकी राखेनन । ति सैनिकहरुको माग को लागि अभिभाबकिय जिम्मेवारी लिएर फ्रान्सेली सरकार माथि दबाब बढाइनैरहे ।फ्रान्सेली सरकारले उनिहरुको मागको सही समयमा सही प्रतिउत्तर नदिदा फ्रान्स र ति राष्ट्रहरुको समबन्धमा चिसोपना बढ्न थालेको थियो । ततकालिन फ्रान्सेली राष्ट्रपती जाकोइस चिराकले तिनिहरुको मागमा केहि सुधार गर्ने प्र्यास नगरेका होईनन तर त्यतिबेलाको फ्रान्सेली कानुनले स्विकार गर्ने अवस्था थिएन । पछिबाट तीनिहरुको हितमा हुने कानुन ल्याएर चिराक्का उत्तरअधिकारि राष्ट्रपति निकोलाश सार्कोजिले सन २०१० म तिस हजार जिबित तिरौलेसहरु लाई समकक्षी फ्रान्सेलीहरु सरह पेन्सन बढाई दिए । तथापी क्षतिपुर्ती र पूर्ण आबासको कुरो थातीनै रहेको थियो ।यस्को लागी पनि पूर्व औपनिबेशिक अफृकी सरकार प्रमुखहरुले फ्रान्स माथी कडा भन्दा कडा दबाब दिईनै रहे । फलस्वरुप्, १५ अप्रिल २०१७ मा भुतपूर्व फ्रान्सेली राष्ट्रपति होलान्डेले एउटा भब्य कार्यक्रम्को आयोजना गरे । सो समारोहमा प्रायजसो सम्बन्धित अफृकी देशका सर्कार प्रमुखहरु र भुतपूर्व तिरौलेस सैनिकहरु लाई पनि आमन्त्रण गरिएको थियो ।सो समारोह लाई स्वागत गर्दै राष्ट्रपति फ्रान्कोइस होलान्डेले भाबपुर्ण मन्तब्य दिए । उन्ले भनेकी ” यो देशको झन्डा मुनी रहेर तपाईंहरुले गर्नु भएको योगदानको पुर्ण कदर गर्ने तिथी आज मात्र जुट्यो, यो अबिलम्ब प्रती क्षमा याचना छ । तपाईंहरुको रगत र पशिनाको कर (tax of sweat and blood) यो देशले तिर्ने आज घोषणा गर्दछ ।यस्को साथै तपाईंहरु लाई यो देश को नागरिकता पनि आजकै मिती देखी प्राप्त हुने घोषणा गर्दछु ।

यि सबै तपाईंहरुको लागी अपरयाप्त हुन सकलान जस्को लागी फ्रान्स माफी चाह्न्छ “। यो मर्मस्पर्शी बक्तब्य लाई उपस्थित अफृकीहरुले हृदय देखी स्वागत गरे र उत्तर दिएकी फ्रान्स्ले हाम्रो रगतको भार ( Debt of blood) ढिलो भए पनी आज तिरेको छ । यस्पछी भुतपूर्व तिरौलेस सेनाहरु र तीनका आषृत परिबारहरु स्थानिय फ्रान्सेलीहरु सरह सम्मानजनक फ्रान्स मा बस्न थालेकाछन । उनिहरुलाई आफ्नो जन्मभुमिमा आवत जावतमा कुनै प्रतिबन्ध छैन । तीनिहरुको त्यो लामो अमर्यादित जिवनले सममान पाएको छ । अहिले पनि त्यहाँ उनिहरुको एउटा रेजिमेन्ट सेवारत छ जस्लाई ” सेनेगलिज तेरौलेश फ्रेन्च रेजिमेन्ट” भनिन्छ । प्रजातन्त्रको जननि, मानब अधिकारको बिस्वभरी बिकुल फुकी रहने बेलायतले भुतपुर्ब गोर्खाहरुको माग लाई आज सम्म सम्बोधन गरेको छैन । उनिहरुको पिडा लाई उस्ले अबस्यै बोध गरेको छ तर उ निदाएको भान गरेर नउठेको मात्र हो । यदी आफ्नो बेलायती सैनिक या नागरिकहरुलाई अन्य देशले झन्डै यस्तै सामुदायिक रोजगारिमा यस्तो निच ब्यबाहार गरेको भए बेलायत सरकार कानमा तेल हाली बस्ने थिएन, उस्ले अबस्यनै समान अधिकारको लागी सनसार हल्लाउथ्यो । अत: नेपाल सरकारले पनि ति अफृकी राष्ट्रहरुले जस्तो बेलायत सँग आँखामा-आँखा जुधाएर यथासिघ्र बार्ता गर्नुको बिकल्प देखिन्दैन । बेलायतले गरेको मानब इतिहासमै घृणित र गम्भिर भेदभाबको कुनै पनि आत्मा स म्मान भएको नागरिक र उस्को राज्यलाई सैह्य हुँदैन, यस्तो अन्याय सहे नेपाल जस्तो सार्बभौम राष्ट्रले अर्को ठुलो अन्याय गरेको ठहर्छ । यस्को सरल अबतरणको लागी नेपालका नागरिक समाज्,बिभिन्न राजनैतिक दलहरु र बिभिन्न गोर्खा सँगठनहरु एकिकृत भएर सरकारर्लाई साथ दिनु पनि एकदमै अत्याबस्यक छ ।यसो गर्दा करिब २ लाख मृत सैनिनिकहरुका सन्ततीहरु,१६ हजार जिवित बृद्धहरु र ६ हजार बिधुवाहरुको समान्ता र सम्मान को माग पुरा हुने कुरोमा निस्चिन्त हुन सकिन्छ । जब यो लामो सङ्घर्षको सफल अबतरण हुन्छ तब मात्र नेपाल र नेपालिको प्रतिष्ठा, राष्ट्रियता र सार्बभौमिक्ता सही ठाउमा कायम हुन आउदछ ।

एल बि घिसिङ् भुतपूर्व गोर्खा इन्जिनियर

(गोर्खा सत्याग्रह सयुक्त सङ्घर्ष समिती सँग आबद्ध)