I can’t do much since I lost my sight. I can eat and I can talk! That’s okay for me; I’m happy enough. Why worry about things that have already happened? - Tulsi Maya Ghale

गोर्खा सत्याग्रहले गर्ने भनिएको अनशनप्रति गेसोको आपत्ति

Spread the love

लण्डन । गोर्खा भुतपुर्व सैनिकहरुको एक संस्था गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आउंदो १ जुलाइदेखि गर्ने भनिएको आमरण अनशनप्रति एउटा प्रमुख गोर्खाहरुको संगठन गोर्खा भुतपुर्व सैनिक संघ (गेसो)ले विरोध जनाएको छ ।

गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले सत्याग्रह संयुक्त संघर्ष समितिले गर्ने भनिएको अनशनको बारेमा प्रतिक्रिया दिदै गोर्खाहरुको सामूहिक र जटिल सवालमा हरेक गोर्खा संस्थाहरुको सहकार्य र सहमति अति जरुरी रहेको बताए । सत्याग्रहले गर्ने आमरण अनशन बिना छलफल निर्णय गरिएको भन्दै आपत्ती समेत जनाएको छ । आमरण अनसनले गोर्खाहरुको हितमा सकरात्मक सन्देश जान नसक्दै भन्दै गेसाका सभापति कृष्णकुमार राईले सम्पुर्ण गोर्खाहरुको सहकार्य, सहमति र कार्यगत एकता अहिलेको आवश्यकता रहेको प्रतिक्रिया दिए ।

आमरण अनशन बेलायतको कानून, सामाजिक मूल्य मान्यता, परम्परा, संस्कार, चलन चल्तीमा रहेको सामाजिक अभ्यास विपरित भएको र असभ्य, अभद्र हर्कत मानिने भएकाले कुनै कोणबाट पनि जायज छैन् । सभापति राईले भने– ‘‘आमरण अनशनरत ब्यक्तिको ज्यान तलमाथि भई घट्ना भएमा, त्यो ब्यक्तिगत स्वतन्त्रता, ब्यक्ति स्वेच्छा, ब्यक्ति स्वचाहना र ब्यक्तिगत अधिकारको रुपमा ब्याख्या हुनसक्ने भएकाले अनशनको महत्व छैन ।’’

गोर्खाहरुको समस्या समाधानका लागि सम्पूर्ण गोरखाहरू र उनीहरु आबद्ध गोरखाजन्य संस्थाहरुसंग सघन छलफल गरी उपायहरु खोज्नु पथ्र्यो तर एकतर्फी मात्रको एकल निर्णय गरी भूपू गोरखाजन्य संस्थाहरुलाई बेवास्ता गरिनुले सरासर गलत समेत भएको सभापति राईले बताए ।

गोरखाजन्य संस्थाहरुसंग आमरण अनशन गर्ने कि नगर्ने, किन गर्ने, गर्दा के हुन्छ, आमरण अनशन असफलता भयो भने के हुन्छ भन्नेबारेमा घनिभूत छलफल भएर सबैको सहमतिमा बहुमतले निर्णय गरिएको भए त्यसले सार्थकता पाउने थियो सभापति राईले बताए ।

गोरखा आन्दोलन र गोरखाहरुसंग सम्बन्धित हरेक अभियान र आन्दोलनमा एउटै आवाजमा सामूहिक र जटिल सवालहरुमा हरेक गोरखा संस्थाहरुको सहकार्य र सहमती अति जरुरी रहेको गोर्खा भुतपुर्व सैनिक संघ (गेसो) का उपाध्यक्ष धर्म तामाङले बताए । सहकार्य, सहमती र कार्यगत एकता अहिलेको आवश्यकता सम्पुर्ण गोरखाहरुको चाहना रहेको पनि तामाङले बताए ।