I can’t do much since I lost my sight. I can eat and I can talk! That’s okay for me; I’m happy enough. Why worry about things that have already happened? - Tulsi Maya Ghale

भूतपूर्व ब्रिटिस गोर्खाद्वारा संघर्षका कार्यक्रम स्थगित

Spread the love

काठमाडौँ — समान न्यायको माग गर्दै आन्दोलनरत भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले सत्याग्रह र अन्य संघर्षका कार्यक्रमलाई साउन ६ गतेसम्म स्थगन गरेको छ ।

बेलायती सेना भर्ती भएर काम गर्दा समान ज्याला नपाएका उनीहरूले असार १७ गतेदेखि संघर्ष गर्ने कार्यक्रम तय गरेका थिए । तर नेपाल सरकारबाट समस्या समाधानका लागि पहल गर्ने वाचा गरिएपछि तत्काललाई संघर्षको कार्यक्रम स्थगित गरिएको हो ।

संघर्ष समितिका नेपाल संयोजक एलबी घिसिङले नेपाल सरकारले समस्या सम्बोधन गर्ने आश्वासन पत्र असार १३ गते दिएको कान्तिपुरलाई जानकारी दिए ।

उक्त पत्रमा आफ्ना मुद्दाहरूको समाधानका लागि बेलायत सरकारसँग प्रत्यक्ष रूपमा वार्ता गर्न नेपाल सरकारले पहल गरिरहेको जानकारी पाएको संघर्ष समितिद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । संघर्ष समितिले साउन ६ गतेसम्म बेलायतबाट कुनै प्रतिक्रिया नआए त्यहाँको प्रधानमन्त्री कार्यालय अगाडि सत्याग्रह र अन्य कार्यक्रम गर्न बाध्य हुनेछ ।